फिफा विश्वकप छनोट : आज नेपाल र यमन भिड्दै, सुखद अन्त्यको खोजीमा नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत आज हुने खेलमा नेपाल र यमन भिड्दै छन् । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुनेछ ।

विश्वकप छनोटको अन्तिम खेल खेल्न लागेको नेपाल आजको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ ।

जारी छनोटमा खराब प्रदर्शन गरेको नेपालले १८ गोल बेहोर्दा एक गोलपनि फर्काउन सकेको छैन । पहिलो लेगमा यमनसँग २-० गोलले पराजित भएको नेपाल आज बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ ।

नेपालले यूएई र यमनविरुद्धको दोस्रो लेग घरेलु मैदानमा खेल्ने भनिएपनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले तथष्ट भुमिका रुपमा साउदीमा खेल्नुपरेको हो ।

छनोटमा यसअघिनै पाँच खेल खेलेको नेपाल युएईविरुद्ध दुवै लेगमा समान ४-० गोलले पराजित भएको थियो । यस्तै बहराइनसँग पहिलो लेगमा ५-० र दोसो लेगमा ३-० गोलले पराजित भएको थियो ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले आज नेपालबाट १ सय खेल खेल्दैछन् । किरणले सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *