वेष्ट इन्जिड पुगेर सन्दीपले भने-क्रिकेटप्रेमीहरूको सपना पूरा गर्न तत्पर छु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको बताएका छन् ।

टी २० विश्वकप खेल्न गएराति वेष्ट इन्जिड पुगेका सन्दीपले सामाजिक संजालमार्फत खुसी हुँदै यस अवसरका लागि वातावरण बनाउने सबैलाई धन्यवाद दिएका छन् । उनले क्रिकेट प्रेमीको सपना पूरा गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘तर अब यी सबैका बाबजुद म वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध भएको छु र मेरो र सबै क्रिकेटप्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

उनले आफूले अमेरिकाको भिसा नपाएपनि त्यसका लागि सहयोग गरेकोमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिएका छन् ।

त्यस्तै उनले मेरो यात्रालाई सम्भव बनाउनका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, आफ्ना कानुन व्यवसायी सरोज के घिमिरे, विनोद दास, प्रबल गौतम र बालकृष्ण लामिछानेलाई धन्यवाद दिएका छन् ।

उनले आफ्नो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कृपया मेरो भिसाका सम्बन्धमा भइरहेको झुटो प्रचारमा विश्वास नगर्नुहोला, जसको उपयोग मानिसहरूले क्यान र नेपाली क्रिकेटको छवि धमिलो बनाउन गरिरहेका छन् । हाम्रा सबै क्रिकेट फ्यानहरू जसले मेरो लागि प्रार्थना गरे, म सधैं तपाईंको आशीर्वादको लागि आभारी रहनेछु । १० वर्षपछि विश्वकप खेल्दै आएको नेपाल क्रिकेटलाई मनाऔं । हामीलाई तपाईको सकारात्मक सहयोग र आशिर्वाद पहिले भन्दा बढी चाहिन्छ । जय नेपाल ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *