काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिनिधि सभाका संसद नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीसहित प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् । नेपाली क्रिकेट टोलीलाई समर्थन जनाउने हेतुका साथ रास्वपाका संसद क्रिकेट टोलीको जर्सीसहित बैठकमा उपस्थित भएका हुन् ।
आईसीसी टी-२० विश्वकप अन्तर्गत आज हुने खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । डल्लासस्थित ग्राण्ड प्राइरिए स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे शुरु हुनेछ ।

