काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नामिबिया विजयी भएको छ । सोमबार बिहान भएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा ११ रन पराजित गरेको हो ।
जितको लागि १ सय १० रन विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा नामिबियाले २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले एक विकेटको क्षतिमा १० रन मात्र बनाउन सक्यो ।
यसअघि केंसिगटन ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको ओमानले १९.४ ओभरमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो । ओमानको लागि खालिद काइलले सर्वाधिक ३४ रन बनाउँदा जेशक मक्सोदले २२, आयान खानले १५ र शकिल अहमेदले ११ रन बनाए ।
नामिबियाको लागि रुबेन ट्रमपेल्मनले चार विकेट लिँदा डेभिड वाइसले दुई गेर्हाड इरासमूसले दुई र बेर्नार्ड स्चोल्ट्जले एक विकेट लिए ।
