सहकारी ठगीको आरोपमा पक्राउ परेका लामालाई प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रकाउ गरेका सीबी लामालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार काठमाडौं अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा बचतकर्ताको डेड अर्व भन्दाबढी रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा ५४ जनाको निवेदन परेको जानकारी दिए ।

मुद्दा दर्ता भई दुई/तीन महिनादेखि नै फरार रहेको अवस्थामा लामालाई जेठ १८ गते चितवनबाट पक्राउ गरिएको उनले बताए । प्रहरीले सार्वजनिक गर्ने क्रममा पक्राउ परेका लामाले आफूमाथि झुठो आरोप लगाइएको भन्दै अदालतले न्याय दिने दाबी गरे ।

२०५५ देखि ७६ सालसम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका लामा एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नियम लगाएपछि राजीनामा दिएको प्रहरीले जनाएको छ । उनको बिभिन्न प्रहरी इकाइहरुमा गरि अन्य चार वटा बैंकिङ कसुरको मुद्दा चलेको र तीन वटा मुद्दामा फरार रहेको पाइएको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *