ओलम्पिकोसलाई कन्फ्रेस लिगको उपाधि

एजेन्सी । ग्रिक क्लब ओलम्पिकोसले युईएफए युरोपा कन्फ्रेन्स कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा फिओरेन्टिनालाई १-० गोलले हराउँदै ओलम्पिकोसले पहिलोपटक कन्फ्रेस लिगको उपाधि जितेको हो ।

ओपिएपी स्टेडियममा भएको खेलमा ओलम्पिकोसलाई जित दिलाउन अयोउब एल कबीले निर्णायक गोल गरे । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको १ सय १६ औं मिनेटमा सान्टियागो हेजेको क्रसमा एल कबीले गोल गर्दै ओलम्पिकोसलाई जित दिलाएका हुन् ।

जितसँगै ओलम्पिकोसले पहिलोपटक युरोपियन कपको उपाधि जितेको छ । यससँगै ओलम्पिकोस सिधैं युरोपा लिगमा छनोट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *