क्यानडाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत क्यानाडाविरुद्ध जारी अभ्यास खेलमा नेपालले टस जितेर पहिले  बलिङ गरेको छ । डाल्लसमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर क्यानाडालाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

ग्राण्ड प्राइरी स्टेडियममा जारी खेलमा क्यानडाले ताजा अवस्थामा ४ ओभरमा एक विकेटको क्षतिमा ३३ रन जोडेको छ । हाल क्यानडाका नभनित धलिवाल २२ रन र रायन पठान खाता नखोली क्रिजमा छन् । यसअघि ओपनर आरोन जोनसनलाई करण केसीले १० रनमा पभिलियन फर्काएका हुन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल(कप्तान) सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सागर ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *