सिरोहियाको पक्राउ आफ्नो अपराध ढाकछोप गर्ने गृहमन्त्रीको दुष्प्रयासः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ आफ्नो अपराध ढाकछोप गर्ने दुष्प्रयास भएको बताएका छन् ।

मंगलबार सिरोहियालाई पक्राउ गरेपछि सामाजिक संजालमार्फत महामन्त्री थापाले कानुन भन्दामाथि कोही नहुने तर सिरोहियाको पक्राउ वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ती गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ। म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुष्प्रयास हो। आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन्– हेक्का रहोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *