आफू दोहोरो पासपोर्ट लिंदै हिंड्नेले सिरोहिया पक्राउ गर्नु गलतः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नभएको बताएका छन् ।

मंगलबार कार्यकक्षबाटै पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत् कोइरालाले दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिनेले यस्तो हर्कत गरेको स्वीकार्य नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘आफू दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन । प्रहरीले सही र गलत छुट्याउनेमा विश्वस्त छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *