जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि फिनल्यान्डले दियो १३ मिलियन युरो अनुदान

काठमाडौं । जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारले नेपाल सरकारलाई १३ मिलियन युरो अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

यही जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारले दिने अनुदान स्विकार गर्ने निर्णय गरे अनुसार मंगलबार दुईपक्षबीच उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

सम्झौतामा मंगलबार नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र फिनल्याण्ड सरकार तर्फबाट नेपालका लागि फिनल्याण्डकी राजदूत रिना रिक्काले हस्ताक्षर गरेकी हुन् ।

फिनल्याडको उक्त सहयोगले नेपालको दिगो प्राकृतिक स्रोत व्यवस्थापन र स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्याउने अर्थ मन्त्रालयका सहसचिव नेपालले बताए ।

यस परियोजनाले सुदूरपश्चिम र कर्णालीका लाखौं व्यक्ति लाभान्वित हुने अपेक्षा सरकारको छ । सहसचिव नेपालका अनुसार सरकारले उक्त रकमबाट विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा जलवायु परिवर्तनको असरविरुद्ध लड्न परियोजना सञ्चालन गने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *