छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

 

भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ ।

पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए । उक्त घटनामा १४ महिला र एक पुरुषसहित १५ जनाको ज्यान गएको थियो । घाइते आठ जनालाई उपचारका लागि अस्पताल लगिएको कावर्धाका एसपी अभिषेक पल्लभले बताए ।

घटनापछि छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले शोक व्यक्त गर्दै पीडित र उनीहरूका परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिए ।

उनले सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन पीडित र उनीहरूका परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउन लागिरहेको उल्लेख गरेका छन् ।

छत्तीसगढ कांग्रेस अध्यक्ष दीपक बैजले सामाजिक सञ्जालमार्फत छत्तीसगढ सरकारसँग पीडित परिवारलाई ढिलाइ नगरी क्षतिपूर्ति दिन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *