स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते भएका छन् । ‘गम्भीर अवस्था’मा उनको उपचार भइरहेको जनाइएको छ।

हमलालाई कतिपयले हत्या प्रयास भनिरहेका छन् । ह्यान्डलोभा शहरस्थित एउटा सामुदायिक सांस्कृतिक केन्द्रअगाडि उपस्थित मानिसहरूलाई अभिवादन गर्दै गर्दा फीट्सोमाथि गोली प्रहार गरिएको थियो ।

उक्त सांस्कृतिक केन्द्रमा एउटा सरकारी बैठक भएको थियो । सुरक्षाकर्मीहरूले फीट्सोलाई नजिकै रहेको एउटा कारभित्र लग्नुअघि थुप्रै राउन्ड गोली चलेका आवाज सुनिएको थियो । घटनामा घाइते भएका प्रधानमन्त्रीलाई अस्पताल पुर्याइएको छ भने आरोपित हमलाकारीलाई प्रहरीले पक्राउ गरेका छन् ।

ह्यान्डलोभा स्लोभाक राजधानीदेखि करिब १८० किलोमिटर उत्तर–पूर्वमा पर्छ । एकजना प्रत्यक्षदर्शीले आफूले तीन/चार राउन्ड गोलीको आवाज सुनेको र प्रधानमन्त्री फीट्सो ढलेको देखेको डेनिक एन वेबसाइटलाई बताइन् ।

फीट्सोको पाखुरा, पेट र खुट्टामा गोली लागेको छ । उनका अनुसार प्रधानमन्त्रीको टाउको र छातीमा गोली लागेको देखिएको थियो । प्रधानमन्त्रीका सुरक्षाकर्मीमध्ये तीन जनाले उनको उद्धार गरी कारभित्र लगेका थिए ।

घटनालगत्तै प्रधानमन्त्री फीट्सोलाई हेलिकप्टरमार्फत् उद्धार गरी नजिकैको अस्पतालमा पुर्याइएको थियो र पछि ह्यान्डलोभा शहरदेखि पूर्वमा पर्ने बान्स्का बिस्ट्रिस्टास्थित अर्को अस्पतालमा सारियो ।

प्रधानमन्त्रीमाथि गरिएको हमलाको विश्व नेताहरूले निन्दा गर्ने क्रम जारी छ । युरोपेली आयोगली प्रमुखले फीट्सोमाथि गरिएको हमलालाई ‘घृणित कार्य’ भनेकी छन् । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले हमलाको खबर सुनेर आफू ‘स्तब्ध’ भएको बताएका छन् । हङ्गेरीका प्रधानमन्त्रीले आफ्ना मित्र प्रधानमन्त्री फीट्सोमाथि हमला गरिएको खबरबाट “गम्भीर रूपमा स्तब्ध“ भएको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *