जसपा विभाजनका विषयमा भएका निर्णय यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो । उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल वैशाख २३ गते अशोक राईको नेतृत्वमा फुटेको थियो । त्यसपछि यादवले सर्वोच्चमा रिट दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *