सन्दीपले सफाइ पाएपछि समर्थकले मनाए खुसीयाली(फोटोफिचर)

काठमाडौँ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएपछि समर्थकले खुसीयाली मनाएका छन् । बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएपछि समर्थकले नाराजुलुस गर्दै खुसीयाली मनाएका हुन् ।

सफाइ पाएपछि समर्थकहरुलाई सम्बोधन गर्दै सन्दीपले आफूलाई न्याय दिएकोमा न्यायमूर्तिहरुप्रति आभारी रहेको बताए । उनले न्यायालयप्रति निरन्तर र अटल विश्वास रहने बताए ।

उनले उनले आफ्नो निर्दोषितामा विश्वास गरेर साथ दिने शुभचिन्तकहरुलाई पनि धन्यवाद दिए । सन्दीपले समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट गरेका छन् । गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटलमा लगेर बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *