संसदीय समिति गठनको माग गर्दै कांग्रेसको भातृ संगठन सडकमा

काठमाडौं । नेपाल विद्यार्थी संघले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

कांग्रेसले सडक आन्दोलनबाट सरकारलाई दबाब दिन आफ्नो भ्रातृ संस्थालाई सडकमा उतारेको हो । सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

गृहमन्त्री लामिछानेले आफूलाई संसद्मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् । तर नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *