चाइना एड र यूएनडीपीद्वारा मधेसका विद्यार्थीलाई सहयोग

सर्लाही । चाइना एड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मधेस प्रदेशका विद्यार्थीलाई सहयोग गरेका छन् । महामारी रोकथाम र हरित प्रवर्द्धनका लागि विकट क्षेत्रका विद्यालय र समुदायलाई सहयोग गर्ने विशेष परियोजना अन्तर्गत यस्तो सहयोग गरिएको ती संस्थाले जनाएका छन् ।

यसले सर्लाही र रौतहटका २५ वटा सरकारी स्कुलका विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य राखेको छ। यसबाट १५ हजार विद्यार्थी र ७ हजार ५ सय परिवार लाभान्वित हुनेछन् । बिहीबार बरहथवामा कार्यक्रम अनावरण गर्दै मधेस सरकारका भौतिकमन्त्री सरोज कुमार यादवले कार्यक्रममार्फत नयाँ परियोजना यस क्षेत्रमा ल्याएकामा आभार प्रकट गरे।

यो कार्यक्रमले नेपालको विकासमा टेवा पुग्ने उनले बताए । कार्यक्रममा विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको थियो । कार्यक्रममा चिनियाँ राजदूत छन् सोङ पनि उपस्थित थिए। उनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) परियोजनाले नेपाल र अन्यत्र ठूलो योगदान गरेको बताए । उनले मधेशमा दुई मुख्य परियोजना स्वच्छ खानेपानी र उज्यालो गाउँको घोषणा समेत गरे ।

बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले यो सहयोगले स्थानीयलाई लाभ पुग्ने बताइन्। पछिल्लो परियोजना चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)ले कार्यान्वयन गरेको हो।

यसको अनुसन्धान वर्ल्ड एजुकेसनले गरेको थियो । सीएफआरडीका अन्तर्राष्ट्रिय विकास विभागका निर्देशक वु पेङले आफ्नो संस्थाले ७ प्रदेशका ६० जिल्लामा सहयोग गरेको बताए । पछिल्लो सहयोगअनुसार विद्यालयमा डेस्क, टेबल र बुक र्याकलगायत सामग्री सहयोग गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *