वेस्ट इन्डिजद्वारा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत

काठमाडौं । टी-२० सिरिज अन्तर्गत जारी दोस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा वेस्ट इन्डिजले नेपाललाई जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो । वेस्ट इन्डिजको लाएन्द्रे फ्लेचरले ४३, गुडाकेश मोटीले ३३ र कप्तान रोस्टन चेसले २३ रन बनाए ।

नेपालको लागि सागर ढकालले समान २/२ तथा सोमपाल कामी र दीपेन्द्र सिंह एरीले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *