वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट शुरुवात

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई शानदार शुरुवात दिलाएका हुन् ।

सागरले जोनसन चाल्सलाई ११ र अलिक अथानाजेलाई ६ रनमा पभिलियन फर्काएका हुन् ।  टस जितेर पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ताजा अवस्थामा ४ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २१ रन जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *