बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडा पुगेका छन् ।

सन् २०१६ र २०२० को राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेको र रिपब्लिकन गभर्नर रोन डेसान्टिसको नेतृत्वमा रहेको दक्षिणपूर्वी राज्य करिब एक दशकदेखि डेमोक्रेटको पहुँचभन्दा बाहिर रहेको छ ।

तर ट्रम्पको कार्यकालमा सर्वोच्च अदालतले गर्भपतन गर्न पाउने सङ्घीय अधिकारलाई खोसेपछि रिपब्लिकनहरूको विशेष प्रभाव भएका राज्यहरूमा पनि मतदाताहरू यस मुद्दामा एकजुट भएका छन् ।

यसैबीच नोभेम्बरमा ह्वाइट हाउसको पुनरागमनको लागि प्रचार गर्न अदालत छोड्न नपाउने भएपछि ट्रम्पले न्यूयोर्कमा आफ्नो गोप्य लेनदेनसम्बन्धी सुनुवाईमा भाग लिने भएका छन् ।

मे १ देखि लागू हुने सर्वोच्च अदालतबाट हालै फैसला भएको छ हप्तापछिको गर्भपतनमा प्रतिबन्धलाई कायम राखेको निर्णय फ्लोरिडाका मतदाताले कसरी लिनेछन् भन्ने बिषय दुवै पक्षका लागि उच्च जोखिमको बिषय देखिएको छ ।

गर्भपतनको अधिकार सुनिश्चित गर्नेे प्रतिबन्धसम्बन्धी नियम (कानून) पनि नोभेम्बरमा हुने चुनावपछि फुकुवा हुन सक्छ ।

सर्वोच्च अदालतले गर्भपतनको अधिकार नियमनलाई फिर्ता गरेदेखि २१ वटा राज्यहरूले गर्भपतनमा प्रतिबन्ध लगाएका छन् वा कडा प्रतिबन्ध लगाएका छन् ।

यद्यपि हरेक पटक यो मुद्दा प्रत्यक्ष रूपमा मतदाताहरूमा जाँदा गर्भपतनको पक्षधरहरूले जितेका गर्भपतन अधिकारका अभियानकर्ताहरूले उल्लेख गरेका छन् ।

राष्ट्रपति वाइडेनका चुनावी अभियानका प्रवक्ता जुली चाभेज रोड्रिगेजले फ्लोरिडामा जित हासिल गर्न सजिलो राज्य नभए पनि राष्ट्रपति बाइडेनका लागि यो जित योग्य राज्य भएको बताए ।

“हरेक दिन ट्रम्पका कारण अमेरिकी महिलाहरूले सामना गरिरहेको त्रास (गर्भपतन सम्बन्धी निर्णय)का लागि जिम्मेवार यस घटनालाई अमेरिकीहरूले कुनै न कुनै तरिकाले बिर्सनेछन् र यसपटक पनि आफुलाई जिताउनेछन् भन्नेमा ट्रम्प आशावादी रहेको देखिन्छ ।

आजीवन क्याथोलिक धर्मावलम्बी रहेका ८१ वर्षीय बाइडेनले लामो समयदेखि गर्भपतनका विषयमा ट्रम्पसँग लड्दै आएका छन् ।

धर्मसँग कमजोर सम्बन्ध भएका ट्रम्पले सन् २०२२ मा सर्वोच्च अदालतले ‘रो भर्सेज वेड’लाई उल्टाउने निर्णयमा आफ्नो भूमिकाबारे घमण्ड गर्दै आएका छन् ।

उक्त फैसलाले ट्रम्पले नियुक्त गरेका परम्परावादी न्यायाधीशहरूले गर्भपतनको संवैधानिक अधिकारलाई कायम राख्ने आधा शताब्दी लामो कानुनी नजिरलाई खारेज गरेको थियो ।

रिपब्लिकन–नियन्त्रित राज्यहरूमा महिलाहरूले प्रजनन हेरचाहमा पहुँच गर्न विविध समस्याहरूको सामना गर्नुपरेको छ । यसमा गैर–व्यवहार्य गर्भधारण र आईभीएफ उपचार पनि समावेश छ ।

अधिकांश अमेरिकीहरू कम्तिमा केही गर्भपतन सुरक्षाको पक्षमा रहेपनि सर्वोच्च अदालतको निर्णय धार्मिक अधिकारको लागि एउटा महत्त्वपूर्ण विजय थियो ।

त्यसपछि ट्रम्पले १५ हप्ताको प्रतिबन्धमा हस्ताक्षर गर्ने र यो निर्णय राज्यको भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *