चेल्सीमाथि आर्सनलको फराकिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ५-० गोलले हराएको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन बेन ह्वाइट र काइ हार्भेट्सले समान दुई/दुई गोल गर्दा लिएनार्दो ट्रोसार्डले एक गोल थपे । खेलको चौथो मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा ह्वाइटले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

५७ औं मिनेटमा हार्भेट्ज गोल गर्दा आर्सनल फराकिलो जिततर्फ अगाडि बढेको थियो । ६५ औं मिनेटमा हार्भेट्जले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० गोलको अग्रता दिलाए । यस्तै ७० औं मिनेटमा ह्वाइटले गोल गर्दै आर्सनललाई ५-० गोलको जित दिलाएका हुन् ।

जितसँगै आर्सनल ३४ खेलबाट ७७ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । ३२ खेलबाट ४७ अंक जोडेको चेल्सी नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *