ओमानलाई हराउँदै युएई एसिया कपमा छनोट

काठमाडौं । युएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । आइतबार बेलुकी भएको फाइनल खेलमा युएईलाई ५५ रनले हराउँदै युएई एसिया कपमा छनोट भएको हो ।

जितको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रनमात्र बनाउन सक्यो । ओमानको लागि प्रतिक अथाभाले सर्वाधिक ४९ रन बनाउँदा खालिद काइलले ३०, फायज बटले २३ रन बनाए ।

युएईको लागि जुनाइड सिद्दिकीले तीन विकेट लिँदा मुहम्मद फारोक र आयान अफजल खानले दुई-दुई तथा बासील हामेदले एक विकेट लिए ।

यसअघि अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो । युएईको लागि कप्तान मुहम्मद वासिमले सतक पूरा गरे । उनले ५६ बलमा ७ छक्का र ६ चौका प्रहार गरे ।

ओमानको लागि बिलाल खानले दुई विकेट लिँदा शकिल अहमद र जेशन मक्सोदले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *