चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनल

एजेन्सी । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा चेल्सीलाई १-० गोलले हराउँदै सिटी एफए कपको फाइनलमा पुगेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन बर्नाडो सिल्भाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा सिल्भाले गरेको गोल नै सिटीलाई जित दिलाउन निर्णायक बन्यो ।

जितसँगै सिटी फाइनलमा पुग्दा चेल्सी प्रतियोगिताबाट बाहिरिएको छ । अब सिटीले उपाधिको लागि आज कोभेन्ट्री सिटी र म्यानचेस्टर युनाइटेडबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *