उल्फ्सलाई हराउँदै आर्सनल लिगको शीर्ष स्थानमा

एजेन्सी । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले उल्फ्सलाई २-० गोलले हराएको हो ।

मोलिनेक्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन लिएनार्दो ट्रोसार्ड र मार्टिन ओडेगार्डले समान एक/एक गोल गरे । खेलको ४५ औं मिनेटमा जेससको पासमा ट्रोसार्डएले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई जित दिलाएका हुन् । जितसँगै आर्सनल ३३ खेलबाट ७४ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ४३ अंक जोडेको उल्फ्स ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *