नेपालद्वारा हङकङलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले हङकङलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमेराट क्रिकेट मैदानमा जारी खेलमा नेपालले हङकङलाई जितको लागि १ सय ४० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो । नेपालको लागि दीपेन्द्र सिंह एरीले सर्वाधिक ४४ रन बनाउँदै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् । उनले २९ बकमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै नेपालको लागि सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

हङकङको लागि औष शुक्लाले तीन विकेट लिंदा अतिक इकबाल, याशिम मुर्ताजा र इसान खानले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *