बेइमानहरुसँग कहिल्यैपनि आफ्नो इमान्दारिताको प्रमाण देखाउनु छैनः गृहमन्त्री लामिछाने

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन् । शुक्रबार इलाम २ को उपनिर्वाचनमा सहगागिता जनाउँदै उनले आफूले बेइमानहरुसँग कहिल्यैपनि आफ्नो इमान्दारिताको प्रमाण नदेखाउने बताएका हुन् । उनले इमान्दारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने प्रतिबद्धता जनाए ।

उनले भने,‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ । आजको पत्रिकाको हेडलाइनको चिन्ता होइन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरुले पत्रिकाको हेडलाईनको चिन्ता नलिनुहोस् ।’

उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए । उनले आफ्नो नेतृत्वमा देशमा चितवनबाट निलो क्रान्ति गरेको बताए । चुनावी अभियानका क्रममा उनले आफ्नो पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुलाई विजयी गराउन अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *