दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार पुनलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदातले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले नविन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *