नेपालको लज्जास्पद ब्याटिङ प्रदर्शन, युएईलाई झिनो विजयी लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ । अल अमेराट क्रिकेट ग्राउन्ड ओमानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो ।

नेपालका सन्दीपले सर्वाधिक ५० रन बनाए। ४० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। गुल्शनकुमार झा २० र करण केसी १७ रन बनाएर आउट भए। अन्यको भने प्रदर्शन राम्रो हुन सकेन। नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए।

अर्का ओपनर आशिफ खेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २, रन बनाएर पेभिलियन फर्किए। अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *