एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र युएई भिड्ने

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलको समीकरण पूरा भएको छ । बुधबार समूहचरणका सबै खेल सकिएसँगै सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको हो ।

आज भएको समूहचरणको अन्तिम खेलमा कुवेतलाई ४६ रनले हराउँदै ओमान समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्दा नेपाल समूह ‘ए’को विजेता बन्न सफल भयो । यस्तै समूह ‘ए’बाट हङकङ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्दा समूह ‘बी’मा युएई उपविजेता बन्न सफल भयो ।

अब शुक्रबार हुने सेमिफाइनल खेलमा नेपाल र युएई तथा ओमान र हङकङ भिड्नेछन् । फाइनल पुग्ने टोलीले एसीसी एसिया कपमा स्थान सुरक्षित गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *