मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत प्राप्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री यादवले ६१ मत पाएका छन् । सुरुमा बैठकमा सबै दल भए पनि कांग्रेस, जनमत र लोसपा बाहिरिएपछि ६१ जना सांसद उपस्थित थिए । उपस्थित सबै सांसदले मुख्यमन्त्री यादवलाई मत दिएका थिए ।

१०७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्थ्यो । सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *