नेपाललाई दोस्रो सफलता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्ध जारी खेलमा नेपालले दोस्रो सफलता पाएको छ । ओमानको अल अमेराट क्रिकेट मैदानमा जारी खेलमा अविनाश बिहोराले नेपाललाई दोस्रो विकेट दिलाएका हुन् ।

अविनाशले शर्भिन मुनिआन्दीलाई ४१ रनमा आउट गरेका हुन् । ताजा अवस्थामा मलेसियाले १७ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा १ सय २३ रन जोडेको छ । हाल मलेसियाका कप्तान भिरन्दिप सिंह ५६ र सयिद अजिज ५ रन बनाउँदै क्रिजमा छन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल(कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, दीपेन्द्र सिंह एरी, सोमपाल कामी, कारण केसी, अविनाश बोहोरा, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *