नेपालको फिफा वरीयता खस्कियो

काठमाडौं । फूटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । यसअघि १ सय ७५ औं स्थानमा रहेको नेपाल तीन स्थान तल झर्दै १ सय ७८ औं स्थानमा पुगेको हो ।

त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१औं. म्यानमार एक स्थान तल झर्दै १६३औँ बंगलादेश १८४औं,  भुटान १८५औँ पाकिस्तान १९५औं र श्रीलंका २०४ स्थानमा रहेका छन् ।

त्यस्तै फिफा वरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै इङल्याण्ड एक स्थान तल झरेर चौथो स्थानमा छ भने ब्राजिल पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ भने नेदरल्याण्ड्स एक स्थान तल झर्दै सातौं स्थानमा रहेको छ । त्यसैगरी स्पेन आठ, इटाली नौं र क्रोसिया १०औं स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *