स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर एकका अध्यक्ष एवम् भीरकोट नगरपालिकाका प्रवक्ता दीपेन्द्र केसीले नैतिक शिक्षा विाय अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गर्न अनुरोध गरेका छन् ।
उनले पछिल्लो समय समाजमा नकारात्मक कुराहरु फैलिदै गएका भन्दै त्यसलाई रोक्न नैतिक शिक्षा आवश्यक रहेको बताएका हुन् । उनले भने,‘यसको न्यूनीकरणका लागि हामीले सबैलाई नैतिक शिक्षा प्रदान गर्नु पर्छ । समाजलाई राम्रो बाटोमा हिँडाउनको लागि पनि हामीले विद्यालय तहबाट नै नैतिक शिक्षा प्रदान गर्नु पर्छ ।’
केहीवर्ष अघि देखि नै स्याङ्जामा केही सामाजिक संस्थाहरुले नैतिक शिक्षा विषय लागू गराउन माग गर्दै आएका छन् ।
उनले भने, ‘हामीले उक्त मागलाई सम्बोधन गरेका छौं र यसलाई आगामी दिनमा अनिवार्य रुपमा लागू गराउन हाम्रो ठाउँबाट लाग्नेछौंं । नैतिक शिक्षाले मानिसको आचरण मात्र होइन यसले मानिसलाई जिउने कला पनि सिकाउँछ । यसबाट विद्यार्थीको साथै अन्य मानिसहरुले पनि हाम्रा कला ,संस्कृति ,भाषा,भेष भुषा ,रहन सहन ,प्रकृतिक श्रोत,आचरण ,व्यवहारको बारेमा जानकारी पाउँछन् । यसले गर्दा अहिले अराजकतालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न सकिन्छ।’
