आईपीएलमा बैंगलुरुको लगातार दोस्रो हार

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा बैंगलुरु लखनउ सुपर जायान्ट्ससँग २८ रनले पराजित भएको हो ।

जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुँदै १ सय ५३ रनमा समेटिएको हो । बैंगलुरुको लागि महिपाल लोम्रोरले सर्वाधिक ३३ रन बनाए । उनले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै रजत पतिडरले २९, विराट कोहलीले २२, कप्तान फाफ डुप्लेसिसले १९, मोहम्मद सिराजले १२ र अनुज रावतले ११ रनको योगदान गरे ।

लखनउको लागि मायांक यादवले तीन विकेट लिंदा नाभिल उल हाकले दुई तथा मनिमरन सिद्धार्थ, याश ठाकुर र मार्कुस स्टोइनिसले समान एक/एक विकेट लिए ।

यसअघि बैंगलुरुमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । लखनउको लागि क्विन्टिन डी ककले सर्वाधिक ८१ रन बनाए । उनले ५६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८१ रन बनाए । यस्तै निकलोस पोरानले ४०. मार्कुस स्टोइनिसले २४ र कप्तान केएल राहुलले २० रनको योगदान गरे ।

बैंगलुरुको लागि ग्लेन म्याक्सवेलले दुई विकेट लिंदा रिक टोपली, याश डयाल र मोहम्मद सिराजले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *