बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बागमती । बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार मन्त्रीहरु केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठले शपथ लिएका हुन् ।

उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले मुख्मन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्री नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयका अनुसार, केशवप्रसाद पोखरेलले वन तथा वातारण मन्त्री, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री, एकालाल श्रेष्ठले खानेपानी, सिचाईँ तथा उर्जा र प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *