आयरल्याण्ड उल्फ्समाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । आयरल्याण्ड उल्फ्सविरुद्ध भएको टी-२० सिरिजमा नेपाल विजयी भएको छ । सोमबार दिउँसो भएको सिरिजको तेस्रो खेलमा नेपालले आयरल्याण्ड उल्फ्सलाई तीन रनले हराएको हो ।

जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रनमात्र बनाउन सक्यो । आयरल्याण्डको लागि गेरेथ डिलानी र मोर्गान टोपिंगले अर्धसतक बनाए । डेलानीले ३७ बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ६८ रन बनाउँदा मोर्गानले ६० रन बनाए । उनले ३७ बलमा ४ चौका र ४ छक्का हिर्काए । यस्तै रोस एडाइरले ३१ र फिओन ह्याण्डले २२ रन बनाए ।

नेपालको लागि विपिन खत्रीले तीन विकेट लिंदा कमल सिंह एरी, नारायण जोशी र रसिद खानले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले ९३ रनको अर्धशतकिय पारी खेले। आरिफ ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९३ रनमा अविजित रहे । राशिद खान २४, बसिर अहमद १९, पवन सर्राफ १३ र विनोद भण्डारी ११ रनमा आउट हुँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे ।

आयरल्यान्डका फिओन ह्यान्डले सर्वाधिक ३ विकेट लिए । लियाम म्याकार्थी र ग्यारेथ डेलानी, म्याथ्यू फोस्टर र गेभिन होईले १/१ विकेट लिए ।

जितका बाबजुत नेपालले तीन खेलको सिरिज २-१ ले गुमाएको छ । यसअघिको दुई खेलमा नेपाल पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *