‘आइइसी डिजाइनर रनवे’ फेसन शो आयोजना

काठमाडौं । १३ औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो आयोजना गरिएको छ । शुक्रबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित फेशन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की लगायतका चर्चित सेलिब्रेटीहरूको प्रस्तुति रहेको थियो ।

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको ‘आइसी डिजाइनर रनवे’ मा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता थियो। नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *