सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार झनै वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय २५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *