बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो ।

शिक्षा प्रमूख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टसँगै यो निष्कर्ष आएको हो ।

बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले शिक्षक र अझ बढी प्रधानाध्यापकको अत्यधिक समय लिइरहेको यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बताए ।

‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले फेब्रुअरी र मार्चमा गरेको करिब नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा पनि तीस प्रतिशत शिक्षकहरूले अघिल्लो हप्ता विद्यार्थीहरू शिक्षकसँग झगडा गरिरहेको देखेको बताएका थिए । एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *