काठमाडौं । आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा सत्तारूढ दलबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ दलबीच सहमति नजुटेकाले मैत्रीपूर्ण प्रतिस्पर्धा हुने देखिएको हो ।
सत्तारूढ दलका शीर्ष नेताले साझा उम्मेदवार उठाउने’boutमा छलफल गरे पनि अहिलेसम्म कुनै सहमति भएको छैन । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी नेपाल (जसपा)सहितको नयाँ गठबन्धन बनेको छ । तर, यस गठबन्धनले साझा उम्मेदवार उठाउन सकेको छैन । सत्तारूढ गठबन्धनले साझा उम्मेदवार नउठाउने भएकाले त्यसको फाइदा प्रतिपक्षी दल नेपाली कांग्रेसलाई हुनसक्ने विश्लेषण पनि भइरहेको छ ।
एमाले स्थायी कमिटीका सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गठबन्धनमा सहभागी राजनीतिक दलकै बीचमा पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाडि बढ्न सकिने बताए । अहिलेसम्म गठबन्धनमा कुनै सहमति नभएको बताउँदै उनले सहमति नभए मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाीड बढ्ने बताए ।
‘यो गठबन्धन नितान्त मुलुकको अहिलेको समस्या समाधान, सरकार निर्माण र सञ्चालनका लागि बनेको गठबन्धन हो, निर्वाचन छुट्टै विषय भएकाले सबै राजनीतिक दल निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउन स्वतन्त्र छन्,’ प्रचार विभाग प्रमुख गौतमले भने, ‘इलामा–२ मा एमाले लामो समयदेखि विजयी हुँदै आएकाले सो क्षेत्रमा सत्तारूढ दलले सहयोग र समर्थन गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ, यदि गठबन्धनबाट साझा उम्मेदवार हुन नसकेको अवस्थामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाडि बढ्न सकिन्छ ।’
१५ वैशाखमा इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ–१ को (क)मा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । दुवै क्षेत्रमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा सदस्य इलाम–२ मा सुहाङ नेम्वाङ र प्रदेशसभा सदस्य बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले यसअघि नै गरिसकेको छ । सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवासको निधन भएपश्चात् नै सुहाङलाई त्यस क्षेत्रको सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएको थियो ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अहिलेसम्म सत्तारूढ दलमा कुनै सहमति नभएकाले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाडि बढ्न सकिने बताए । यदि गठबन्धनमा सहमति भए साझा उम्मेदवार नै हुने बताउँदै उनले छलफल जारी रहेको बताए ।
‘अहिलेसम्म साझा उम्मेदवार उठाउने’boutमा कुनै सहमति भएको छैन, सबै दल स्वतन्त्र रहेकाले आ–आफ्नै उम्मेदवार उठाएर निर्वाचनमा सहभागी हुने हो,’ सचिव पौडेलले भने, ‘पछि कुनै किसिमको सहमति भयो भने सहकार्य गर्दै साझा उम्मेदवार पनि हुनसक्छ ।’
माओवादी केन्द्रको पदाधिकारी बैठकले उम्मेदवार उठाउने निर्णय गरेको छ । तर, उम्मेदवार टुंगो लगाउन भने सकेको छैन । माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।
कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङका अनुसार उपनिर्वाचन उम्मेदवारका लागि धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको हो । जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको उनले बताए ।
रास्वपाले आगामी शनिबार नाम टुंगो लगाउने बताएको छ । रास्वपाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सञ्चारकर्मी मिलन लिम्बुलाई उम्मेदवार बनाउने चर्चा पनि छ ।
एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राईले सरकार गठन, सञ्चालन र अहिले मुलुकको विधमान समस्या समाधानका लागि गठबन्धन बनेको बताइन् । यसैबीचमा उपनिर्वाचन आएकाले भए सहमतिमै साझा उम्मेदवार बनाउने, नभए मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने बताइन् ।
‘हामीले सरकार गठन, सञ्चालनका विषयमा गठबन्धन गरेका छौं, अन्य विषयमा समेत साझा विषयको खोजी गर्दै सोहीनुसार नै अगाडि बढ्ने हो, मुलुकका समस्या समाधानदेखि समृद्धिका विषयमा हाम्रो सहकार्य छँदै छ,’ उपाध्यक्ष राईले भनिन्, ‘अब उपनिर्वाचनमा के गर्ने भन्ने ’boutमा गठबन्धनभित्र ठोस निर्णय भइसकेको छैन ।’ साझा उम्मेदवार उठाउने ’boutमा सहमति भए सोहीनुसार, नभए मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने उपाध्यक्ष राईले बताइन् । ‘हाम्रो पार्टीले उम्मेदवारको टुंगो लगाइसकेको छ,’ उपाध्यक्ष राईले भनिन्, ‘हामी उपनिर्वाचनमा जुटिसकेका छौं ।’
एकीकृत समाजवादीले प्रतिनिधिसभाअन्तर्गत इलाम–२ को उपनिर्वाचनमा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जसपाका प्रवक्ता मनीष सुमनले गठबन्धनभित्र साझा उम्मेदवार उठाउने ’boutमा कुनै सहमति नभएको बताए । उनले सबै दलले उम्मेदवार उठाउने भन्दै उम्मेदवारको टुंगो लगाइसकेकाले साझा उम्मेदवार हुने सम्भावना नभएको बताए । जसपाले प्रदेश समितिलाई उम्मेदवारको टुंगो लगाउने अधिकार दिएकाले छिट्टै नै सो बारेमा निर्णय हुने उनले बताए । कोशी प्रदेशमा पहिचानवादी शक्तिसँग आफूहरूको सहकार्य हुनसक्ने उनले बताए ।
उता, प्रमुख प्रतिपक्षी दल कांग्रेसले इलाम–२ को उम्मेदवारका लागि भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई गरी ७ जनाको नाम सिफारिस गरेको छ । सातै जनाको नाम जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रीय समितिसम्म आइपुगेको छ । यी उम्मेदवारसँग पार्टी सभापति शेरबहादुर देउवाले छलफल गर्दै एक जनालाई उम्मेदवार बनाउने तयारी भएको बताइएको छ ।
उपनिर्वाचनका लागि आगामी २४ चैतमा उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।