स्याङ्जा । विश्व हिन्दू युवा संघ स्याङ्जाले जिल्ला भित्र रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । स्थापनाकालदेखि नै संघले धर्म ,संस्कृतिको जगेर्ना साथै सनातन धर्मको संरक्षणको लागि विभिन्न पहल गर्दै आएको छ ।
संघले सबै पालिकालाई नैतिक शिक्षा आगामि शैक्षिक सत्रबाट लागू हुने गरि पाठयक्रममा समावेश गर्न अनुरोध गरेको छ । ज्ञापनपत्रमा पछिल्लो समय समाजमा विभिन्न खालका नराम्रा कार्यहरु समाजमा बढदै गएको र यसको न्यूनीकरणको लागि नैतिक शिक्षा आवश्यक रहेको कुरा संघका स्याङ्जा जिल्ला अध्यक्ष नवराज पौडेलले बताए ।
स्याङ्जा र गण्डकी प्रदेश भित्रका पालिकाहरुमा नैतिक शिक्षा विषय आवश्यक रहेको भन्दै ज्ञापनपत्र पठाइएको उनले बताए । संघ स्याङ्जाले स्याङ्जामा संस्कृत भाषा कक्षा सन्चालन, संस्कृत पुस्तकालय स्थापना,पृथ्वी जयन्तीको अससरमा स्याङ्जामा सार्वजनिक बिदा गराउन पहल,नैतिक शिक्षा लागू गराउन पहल र स्याङ्जाका केही पालिकाले आगामी शैक्षिक सत्रबाट नैतिक शिक्षा बिषय लागू गराउने प्रतिबद्धता जनाएका छन् ।