आइसिसीका अध्यक्ष ग्रेग बार्कले नेपालमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले नेपाल आइपुगेका छन् । बार्कलेले भारतको नयाँ दिल्लीबाट सोमबार बेलुकी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरेका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने आफ्नो भ्रमणको उद्देश्य रहेको बताएका हुन् । चार दिने भ्रमणका क्रममा उनले नेपाली क्रिकेटको संरचनाबारे निरीक्षण गर्ने जानकारी पनि दिए ।

उनले कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानको समेत अवलोकन गर्नेछन् । यस्तै उनले प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *