मधेसका नवनियुक्त प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

महेन्द्रनगर । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको प्रदेश प्रमुखको पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज प्रदेश प्रमुख सुवेदीलाई कार्यालयमा स्वागत गरेका हुन् ।

नवनियुक्त  प्रदेश प्रमुख सुवेदी भण्डारीले मधेस प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताएकी छिन् । संविधान, कानुन तथा विधिअनुसार प्रदेश प्रमुखले गर्नुपर्ने जिम्मेवारी आफूले निष्पक्ष तथा तटस्थ रुपमा पूरा गर्ने नवनियुक्त  प्रदेश प्रमुख सुवेदी भण्डारीको प्रतिबद्धता छ । नवनियुक्त  प्रदेश प्रमुख सुवेदी भण्डारीले माता जानकीको जन्मभूमिमा आएर सेवा गर्न पाउनु सौभाग्य भएको पनि बताएकी छिन् ।

नवनियुक्त  प्रदेश प्रमुख सुवेदी भण्डारीलाई प्रदेशसभाका सदस्य, कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, समाजसेवीले स्वागत गरेका छन् । मधेसका प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गर्नुअघि जानकी मन्दिरमा पूजापाठ गरेकी थिइन् । यसअघि प्रदेश प्रमुख सुवेदीलाई कार्यालय परिसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *