उपनिर्वाचनका लागि इलाममा २० र बझाङमा १९ दल दर्ता

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गरी आयोगले राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *