मधेश प्रदेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार मन्त्री नियुक्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

सोमबार मुख्यमन्त्री यादवले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन् । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् । भौतिक पूर्वधारमा यादव नियुक्त भएसँगै कांग्रेसका कृष्णप्रसाद यादव पदमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *