सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् । गुरुङलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो । उनीविरूद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका लागि पक्राउ गरिदिन भन्दै भन्सार कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई पत्राचार गरेको थियो । त्यसपछि सिआइबीले उनलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *