गण्डकीमा दीपक मनाङे भौतिक पुर्वाधार मन्त्री नियुक्त

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री पाण्डेले सोमबार नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेको भोलिपल्टै दीपक मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका छन्।

भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री थिए । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको रुपमा बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *