राष्ट्रियसभाका दुई समितिका सभापतिले लिए शपथ

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गत सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सोनाम ग्याल्जेङ शेर्पा सर्वसम्मत निर्वाचत भएका छन् ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कमला पन्त निर्वाचित भएकी छन् । पन्त र शेर्पालाई राष्ट्रियसभामा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

पद बहाली गर्दै उनले नेपालको संविधानको परिधिमा रहेर आफूले गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ‘मिनी सदन’का रुपमा रहेको समितिमा रहेर आवश्यक कानुन निर्माण र सहजीकरणका लागि काम गर्ने बताए । उक्त समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *