काठमाडौं महानगरपालिकाले सहकारीको ऋण समयमै नतिरे असुली प्रक्रिया अगाडि बढाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ । सोमबार महानगरको सहकारी विभागले सूचना प्रकाशित गरी केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रम फैलाएको गुनासो आएकाले त्यस्ता ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३२८४ बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *