हिजबुल्लाह–इजरायल द्वन्द्वले दक्षिण लेबनानमा ३५ करोड डलरको क्षति

लेबनानको दक्षिणी सीमामा हिजबुल्लाह–इजराइल द्वन्द्वले ३५ करोड अमेरिकी डलरको अप्रत्यक्ष लागत निम्त्याएको बताइएको छ ।
घर र पूर्वाधारको आंशिक र पूर्ण क्षतिका साथै कृषि भूमि जलेर क्षति भएको जनाइएको छ ।

युद्धका कारण करिब एक करोड वर्गमिटर कृषि भूमि र जङ्गल जलाइएको छ । अघिल्लो दिन इजराइलमाथि हमासको आक्रमणको समर्थनमा लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजराइलतर्फ दर्जनौँ रकेट हमला गरेपछि लेबनान–इजराइल सीमामा सन् २०२३ अक्टोबर ८ देखि तनाव बढेको छ ।

हिजबुल्लाहको आक्रमणको जवाफमा इजराइलले लेबनानको दक्षिणपूर्वतर्फ व्यापक तोप प्रहार गरेको थियो । हिजबुल्लाह र इजराइलबीचको टकरावमा लेबनानी पक्षका तीन सय ६२ मानिस मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *