इरानद्वारा आफ्नो तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौता

पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले आफ्नो तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

तेल मन्त्रालय र इरानी व्यवसायीहरूले ६ वटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउनका लागि १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका छन् । तेल उद्योगको आधिकारिक समाचार एजेन्सी सानाले उक्त सम्झौतालाई इरानको ‘पछिल्लो दशकमा सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको छ । एजेन्सीका अनुसार उनीहरूले मुलुकको दैनिक उत्पादनमा तीन लाख ५० हजार ब्यारेल थप्ने लक्ष्य राखेका छन् ।

अक्टोबरमा इरानी तेलमन्त्री जवाद ओवजीले मार्च १९ को फारसी वर्षको अन्त्यसम्म मुलुकको तेल उत्पादन प्रतिदिन ३६ लाख ब्यारेलसम्म पुग्ने वाचा गरेका थिए । फारसी क्यालेन्डरअनुसार नयाँ वर्षमा तेल उत्पादन प्रतिदिन ४० लाख ब्यारेलसम्म पुग्नेछ ।

तेहरानको आणविक कार्यक्रमलाई रोक्न बनाइएको ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेपछि पश्चिमी प्रतिबन्ध पुनः लागु भएसँगै सन् २०१८ मा इरानको तेल क्षेत्रलाई झट्का लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *